दुर्गा आचार्य
बर्दिया,फागुन,३० । बर्दियाको गुलरियामा रहेको धार्मिक रुपले पवित्र मानिएको सरयू नदी श्री मुक्ति नारायाण भादा घाट मानव प्रयोगका कारण फोहोर वन्दै गएको छ । गुलरिया नगरबासी लगायत छिमेकी जिल्ला बाँकेबाट समेत मानव अन्त्यष्टि तथा मुर्ति बिर्सजनका लागि यस घाटको प्रयोग गर्ने गरिन्छ । कुनै पनि धार्मिक कार्य होस वा मृत्यू पश्चात अन्त्यष्ट गर्नै अन्तिम थलो भादा घाटमा सरसफाई नहुदा प्राकृतिक वरदान मानियको नदी फोहोरका कारण कुरुप वन्दै गएको छ । बिभिन्न किसिमका नदीमा फालिएका फोहरका कारण जैवीक विविधतानै नष्ट हुनेखतरा बढेको छ । यस्ता गतिविधीले प्रकृति र मानव सभ्यतामानै चुनौती वन्दै गएपछि अभियानकै रुपमा भादाघाटको सरसफाई थालिएको छ । मानीसहरुले घाटको प्रयोग गरिसकेपछि फालिने फोहोरको सरसफाईमा ध्यान नपुर्उदा जलमा आश्रितजीव जन्तुलाई संकट पुग्नुको साथै प्राकृतिक वरदानका उपहारको रुपमा पाईएका स्थानहरुनै कुरुप वन्दै गएका कारण प्रकृतिक मानव केन्द्रित जनअभियान बर्दियाले सरसफाई शुरु गरेको हो । मानव प्रकृतिको उपजहो प्रकृति संरक्षणमा जुटौै,पर्यावरणलाई सन्तुलन राखौ भन्ने मूलनाराका साथ सरसफाई नदीको सरसफाई गरिएको हो। पछिल्लो समय मानिसहरुले आफ्ना कामका लागि प्राकृतिक श्रोत साधनलाई प्रयोग गर्नै र प्रयोग गरिसकेपछि फालिने फोहोरलाई उचित व्यवस्थापन नगर्दा प्रकृति माथिनै ठूलो अन्याय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सरसफाई अभियानमा वताए । गुलरिया नगरपालिकाको मुख्य प्रवेश द्धारमानै रहेको यसघाटलाई सफा राख्नु सवैको दायीत्व भएको प्रजिह भट्टराईको भनाई छ । यसको सरसफाई संगै बर्दियावासी र नगरवासीको सभ्यता झल्कने भएका कारण जिल्लावासीलनैे यस्को सरसफाईमा ध्यान दिनु जरुरी रहेको समेत भट्टराईले वताएका छन् ।
जिल्ला तथा नगरमा रहेका प्राकृतिक श्रोत साधनको रक्षा र सरसफाईमा जनप्रतिनिधीहरुले चाँसो दिनु पर्नै प्रकृति मानव केन्द्रित जनअभियान जिल्ला युनिट बर्दियाका अध्यक्ष मेघनाथ अधिकारीले वताएका छन्। यस्ता श्रोत साधनलाई संरक्षण गर्नका लागि वडा अध्यक्ष संग अनुरोध समेत अधिकारीले गरेका छन् ।
गुलरिया नगरपालिका वडानम्वर—८मा अवस्थित यस भादाघाटको सरसmाईका लागी वडाका तर्फबाट सक्दो प्रयास गर्नै गुलरिया नगरपालिका वडानम्वर —८का वडा अध्यक्ष धर्मैन्द्र कुमार बानियाले वताए । जनचेतनाका कमीका कारण समेत फोहोर हुने भएका कारण यस्का लागी जनचेतनाको खाँचो रहेको अध्यक्ष बानियाले वताएका छन् । वडा कार्यालयका तर्फबाट जनचेतनाको अभियान समेत गरिने बानियाले वताएका छन् ।
सरसफाई अभियानमा खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बर्दियाले महत्तव पूर्ण भुमिका निर्वाह गरेको छ । साथै कार्यक्रममा बिभिन्न राजनितीक दल, नेपाल प्रहरी,शसस्त्र प्रहरी, गैरसरकारी सस्था लगायतको उपस्थिती रहेको थियो ।