मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोलेस्ट्रोल घटाउन स्वास्थ्यका लागी अनिवार्य
  • मार्गरेखा संवाददाता

  • सम्भब भएसम्म कोलेस्टेरोल पाच बर्षमा एक पटक  अवश्य जाच्नुहोस, समस्या पहिले देखि भएमा शरीर पुरै पनि चेक गर्न सक्नु हुनेछ । मधुमेह र उच्च रक्तचाप भएको बिरामीलाई कोलेस्ट्रोलको हुने बढी सम्भावना हुन्छ त्यसैले यस्ता बिरामीले बढी सतर्कता अपनाउनु पर्छ ।

    कोलेस्ट्रोल नाप्न किन जरुरी छ ?

    कोलेस्ट्रोल रोगको रुपमा नदेखिने भएता पनि यसको साथ मा उच्च रक्तचाप, मधुमेह ,उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बन्धित व्यक्तिलाई हृदयघात, स्ट्रोकको लगायत को खतरा हुने भएकोले जांच गर्न जरुरी छ ।

    कोलेस्ट्रोलको मात्रा के ले बढाउछ?

    •  धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्ट्रोलको मात्रा खानाले ।
    • कसरत नगर्ने  वा शारीरिक परिश्रम नपर्ने काम गर्नाले ।
    • तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्ट्रोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ  ।

    पारिवारिक पृष्ठभूमि यदि तपाइंको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भनेतपाईलाई पनि हुने सम्भावना बढी हुन्छ ।

    साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्ट्रोल बढ्नसक्दछ  ।

    कोलेस्ट्रोल घटाउने उपायहरु

    • चुरोट खानु हुन्छ भने आजै बाट त्यागौ
    • मोटो र धेरै बजन हुने ले घटाउने
    • दैनिक वा हप्ताको ३-४ पटक व्यायाम गर्ने
  • १ चैत्र २०७४, बिहीबार १९:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित