मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा कक्षा ८ को प्रश्नपत्र बाहिरिएपछि परिक्षा स्थगित
  • मार्गरेखा संवाददाता

  •  

    बर्दियाको बाँसगढीमा प्रश्न पत्र बाहिरीए पछि कक्षा ८ को परिक्षा स्थगित भएको छ ।

    बिहिबार देखि सुरु हुने भनिएको परिक्षा लालीगुराँस माध्यामिक बिद्यालय माछागढबाट सबै बिषयका प्रश्न पत्र बाहिरिए पछि परिक्षा स्थगित गरिएको हो । स्थगित परिक्षा सञ्चालन सम्बन्धी आवश्यक छलफल भईरहेको जनाईएको छ ।

    परिक्षा सञ्चालनको बिषयमा शुक्रबार आवश्यक छलफल गरि कक्षा ८ को परिक्षा कति गते देखि सञ्चालन गर्ने बिषयमा निर्णय गरिने र शुक्रबार नै परिक्षाको समय तालिका सार्वजनिक गरिने विद्यालय निरिक्षक रविलाल मिजारले जनाए ।

    प्रश्न पत्र आउट गर्ने लालिगुराँस मावि माछागढमा कक्षा ८ मा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले जानकारी दिए ।

    कक्षा ९ को विद्यार्थीले प्रश्न पत्र अनुसार जस्ताको तस्तै चिट बनाएर ल्याए पछि कक्षा ८ को प्रश्न पत्र चेक गर्दा सबै विषयको प्रश्न पत्र बाहिरिएको थाहा भएको बुझिएको छ ।

  • २ चैत्र २०७४, शुक्रबार ०७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित