मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कम्मरबाटै यसरी थाहा हुन्छ मुटुमा समस्या छ वा छैन
  • मार्गरेखा संवाददाता

  • कोखाभन्दा कम्मर ठूलो भएका महिलालाई हृदयघातको सम्भावना मोटे पुरुषहरू भन्दा बढी हुने अध्ययनले देखाएको छ ।
    कोखाभन्दा ठूला कम्मर भएका मानिसको शरीरलाई स्याउ शरीर भनिन्छ । अनि कम्मरभन्दा भारी कोखा भएका मानिसको शरीरलाई नास्पाती शरीर भनिन्छ ।  अस्ट्रेलियाको जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थले महिलाहरूमा हृदयघातको अनुमान उनीहरूको बढी मास इन्डेक्सको साटो कोखा र कम्मरको अनुपातबाट लगाउन सकिने बतायो ।  इन्डेक्सले कसैको उचाइँ, चौडाइ र तौलको अनुपात दर्साउँछ अनि त्यसैबाट तौल सामान्यभन्दा बढी छ कि कम छ कि ठीक छ भन्ने देखाउँछ ।

    अनुसन्धाकर्ताहरूका अनुसार, महिलामा कोखा र कम्मरको अनुपात हेर्ने तरिका बीएमआईभन्दा १८ प्रतिशत बढी र पुरुषमा ६ प्रतिशत बढी सफल हुन्छ ।  अनुसन्धानकर्ताहरूले महिला वा पुरुष जो भएपनि धेर मोटोपन पुरुष र महिला दुवैका लागि खतरनाक हुने प्रस्ट पारे ।
    मुख्य अनुसन्धानकर्ता डाक्टर स्यान पीटर्सले भने, ‘शरीरको कुनै भागमा बोसो जमिरहेको छ अनि त्यसमा लिंगको के भूमिका छ भन्ने बुझियो भने महिला तथा पुरुषहरूका लागि फरक फरक उपचार खोज्न सहायता पुग्नेछ । अनि संसारभरि फैलिएको मोटोपनको महामारीलाई उपचार गर्न पनि बाटो निस्कन्छ ।’
    पुरुष र महिलाको शरीरको फरक फरक भागमा फरक तरिकाले बोसो जम्मा हुन्छ ।  महिलाहरूको बोसो छालाको एकदम तल जम्छ जसलाई सबक्यूटेनियस फ्याट भनिन्छ । त्यसैले गर्दा धेर तौल भएका महिलाको पेट र अनुहार थुलथुले देखिन्छ ।  अनि पुरुषहरूको बोसो चाहिँ शरीरको बीच भागमा भएका भित्रीि अंग कलेजो, प्यानक्रियाज र आन्द्रामाथि जम्छ जसलाई भाइसरल फ्याट भनिन्छ

  • ४ चैत्र २०७४, आईतवार ०७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित