मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कम्प्युटर शिक्षाको युगमा बालवालिहरुलाई प्राबिधीक शिक्षा प्रति अग्रसर गराएमात्र राष्ट्रियको बिकाश हुने नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगर
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ का बालवालिहरुलाई तीन महिने निशुल्क आधारभुत कम्प्युटर तालिमको शुरुवात गरिएको छ । “ आर्थिक विकास र लक्ष्य प्राप्तीका लागि सहकारीको मुल नाराका साथ नेपाल्गञ्ज वडा नं २ र गुरूकुल बचत तथा ऋण सहकारि सँस्थाको साझेदारी लक्षित वर्ग अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको छ ।
    गुरूकुल बचत तथा ऋण सहकारि संस्था लिका अध्यक्ष सुरेन्द्र सिंह सरदारको सभापतित्वमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष सुनिल सिँह हमाल जिल्ला सहकारि संघ लिका अध्यक्ष प्रेम सुवेदी , बिषयगत बचत तथा ऋण सहकारि संघ लि का अध्यक्ष बिनोद शाह , बहुउदेश्य जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष भुपेन्द्र अधिकारी, वडा सदस्यहरू , गुरूकुलसञ्चालक सदस्यहरू कर्मचारीहरू लगयत कम्प्युटर तालिम लिने प्रशिक्षार्थिहरू र अभिभाबक को उपस्थिति रहेको थियो
    कार्याक्रममा वोल्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगरले अहिलेको युगमा कम्प्युटर शिक्षाको निकै आवश्क भएको बताउँदै यस खाले कार्यक्रम सफल हुने बताए । कार्यक्रम को सञ्चालनसस्थाका व्यवस्थापक टिकाराम चौधरी गरेका थिए ।

     

  • ९ चैत्र २०७४, शुक्रबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित