मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२०७४ साल चैत १० गते शनिबार को राशिफल
  • मार्गरेखा संवाददाता

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    Ariesबेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काम रोकिन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    Taurusसुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    Geminiरमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    Cancerअर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    Leoकाममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    Virgoआँटले काम लिन नसक्दा पछि परिनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या होला। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    Libraप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    Scorpioपहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै नै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्ने हुँदा सजग रहनुहोला।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    Sagittariusबेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तापनि, सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    Capricornवैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    Aquariusप्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    Piscesतत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। नेपाली पात्रोबाट
  • १० चैत्र २०७४, शनिबार ०६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित