मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगर वडा नं १२ का अध्यक्ष बुद्धीसागर सुवेदी स्वयंको अगुवाईमा ५० जना स्थानीयवासीको सक्रियतामा बाटो निर्माण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज चैत्र १० गते –नेपालगञ्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् ।
    वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो विस्तार कार्यलाई तिव्रता दिइएको छ । स्थानीय उपभोक्ता समितिमार्फत अहिले निर्माण कार्य भइरहेको छ । वडा नं १२ का अध्यक्ष बुद्धीसागर सुवेदी स्वयंको अगुवाईमा ५० जना स्थानीयवासीे फरुवा सहितको साधान लिएर बाटो निर्माणमा जुटेका छन् । पतिराम बाल्मीकीको घरदेखि सरिता ठाकुरको घर हुँदै दिपक केसी सम्मको बाटो निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । स्थानीयको अग्रसताले केही दिनमै ग्रावेलसहितको बाटो सम्पन्न हुने वडा अध्यक्ष सुवेदीले विश्वास व्यक्त गर्नु भयो ।

  • १० चैत्र २०७४, शनिबार १९:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित