मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाले आधारभुत्त तह परिक्षाको निरिक्षण
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज चैत्र १२ गते– नेपालगञ्जमा जारी आधारभुत तह उतिर्ण परिक्षाको आज निरिक्षण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत पहिलो पटक जारी कक्षा ८ को आधारभुत तह उतिर्ण परिक्षासँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेको केन्द्रहरुको पनि निरिक्षण गरिएको हो । एसईको परिक्षा ८ गतेबाट नै शुरु भएपनि कक्षा ८ को भने आज विहान ८ वजेदेखि शुरु भएको छ । आधारभुत तह उतिर्ण परीक्षा सञ्चालनका लागि नगरमा तोकिएका १० वटा केन्द्र मध्ये अधिकांस परीक्षा केन्द्रको आज उपमहानगरपालिकाको एक टोलीले निरिक्षण गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी इश्वर पौडेलसहितको टोलीले विहान केन्द्रको निरिक्षण गरेको हो । उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी पौडेलका अनुसार– नगरका १० वटा केन्द्रमा सरकारी नौ सय ६३, नीजी सो¥ह सय गरि पच्चीस सय ६३ विद्यार्थी आधारभुत तह परिक्षामा सहभागी भएका छन् । मर्यादित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न सुरक्षा,सुविधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पौडेलको भनाई थियो । निरिक्षण पछि परिक्षा मर्यादित तरिकाबाट सञ्चालन भइरहेको पाइएको बताउँदै उपमहानगरपालिकाका उपप्रमुख थापामगरले समन्वय र सहकार्यका साथ जिम्मेवारी निर्वाह गर्न पनि सम्वद्धमा आग्रह गर्नु भयो ।

     

  • १२ चैत्र २०७४, सोमबार १७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित