मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै ट्रिपर सञ्चालनमा अबरोध
  • मार्गरेखा संवाददाता

  •  

     

    दुर्गा आचार्य
    बर्दिया,चैत्र,१४।
    चर्काैगर्मी बढे सगै निर्माणाधिन हुलाकी सडकबाट उडेको धुलोले जनस्वास्थ्यमा व्यापक असर गरेको भन्दै बर्दिया उद्योग बाणिज्यसंघ कुशुम्बाबजार तथा स्थानियले ट्रिपर सञ्चालनमा अबरोध गरेका छन । गुलरीया भुरीगाउँ सडक खण्डको हुलाकी सडकमा उनिहरुले बुधाबार कुशुम्वा वजार क्षेत्रमा ट्रिपर रोकेर विरोधमा उत्रेका छन्। छन । बजार क्षेत्रमा धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेको भएपनि सुनाई नभएको तथा ठेकेदार कम्पनीले जनस्वास्थ्य माथी खेलबाड गरेको भन्दै स्थानियहरुले विरोध स्वरुप ट्रिपर चलाउन रोक लगाएका हुन । पटक—पटक सडकमा पानि हालि धुलो नियन्त्रण गर्नै ठेकदार कंपनीले वेवास्था गरेकै कारण दवावका लागि ट्रिपर चल्न रोक्न वाध्य भएको स्थानीय ऋषि काफ्लेले वताएका छन् ।
    निर्माणाधिन सडक खण्डमा गुड्ने सवारी साधनले धुलो उडाउदा यात्रु तथा सडक छेउछेउका स्थानियहरु समस्यामा छन । ठेकेदार कम्पनीले बजार क्षेत्रको सडकमा हरेक दिन पानी हाल्ने गरि सहमती जनाए पनि व्यहारमा त्यसो हुन नसकेको र ठेकेदार कम्पनीले जन स्वास्थ्यमा खेलबाड गरेको स्थानिय सुनिता भण्डारीको हारोप छ ।
    धुलोका कारणबाट उत्पन्न स्वास्थ्य समस्या लिएर अधिकांस स्थानियहरु क्लििनक तथा अस्पताल धाउने संख्यामा बृद्धि भएको छ । हुलाकी सडक निर्माणको कामले गति लिन नसक्दा गर्मीमा धुलो र बर्षामा हिलोले बृद्धबृद्धा, गर्भवति ,विरामी तथा सर्बसाधारणहरु मर्कामा पर्दै आएका छन् ।समयमा सम्वन्धित निकायको ध्यान जान नसके नजिकिदै गरेको बर्षाका कारण बर्दियाका स्थानीय थप शास्ती खेप्नु पर्नैछ ।

     

     

  • १४ चैत्र २०७४, बुधबार १४:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित