नेपालगन्ज कप क्रिकेट प्रतियोगिताका लागि ६ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । कोहलपुरमा आगामी बैशाख ३ गतेबाट शुरु हुन गई रहेको नेपालगन्ज कपका लागि ६ वटा टिमको नाम सार्वजनिक गरिएको हो । जस्मा बर्दिया टाइर्गस,बांके ब्लास्टर,रोल्पा गोरिल्लाज,लुम्बिनी यात्रीज,पाल्पा योद्या र दंगाली र्गाेखाज रहेका छन् । बांके जिल्ला मै पहिलो पटक अक्सनबाट टिम मालिक छनौट हुदै छन् । प्रत्येक टिममा १५ जना खेलाडी र एउटा प्रशिक्षक रहने छन् । अक्सनका लागि अन्तिम दर्ता गर्ने मिति चैत्र १८ गते सम्म रहेको र आवेदन र्फाम भर्न सकिने प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । अक्सन आउदो चैत्र २० गते हुने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि ईराकीले बताए ।