मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा द्धारा मुख्यमन्त्री लाई ज्ञापन पत्र
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्नको लागि ५ नं. प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराईएको छ । नेपालगन्ज उप–महानगरका उप–मेयर उमा थापाको अगुवाईमा शुक्रबार ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको टुर मुकाम नेपागन्जमा सो कुराको ध्यानाकर्षण गराईएको हो ।
    गत बुधबार नेपालगन्ज उपमहानगरको पहलमा बसेको सर्वदलीय वैठकले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलकोरुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।
    सो निर्णय पत्रमा पश्चिम नेपालको प्रवेश विन्दु र व्यापारिक नाका भएको नेपालगन्जमा सुख्खा बन्दरगाहा निर्माण प्रक्रिया अघि बढीरहेको र कैलास मानसरोबर लगायत अन्य धार्मिक स्थलहरुसम्मको पर्यटकिय रुट विस्तार हँुदै गरेको सन्दर्भमा अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने आवश्यकतामा जोड दिदै सो को पूर्वाधार निर्माण सम्बन्धी एक अध्ययन टोली गठन गरी प्रक्रिया बढाउन जोडदार माग गरिएको छ ।
    भारतीय शहरहरुमा उडानको व्यवस्था गरि दिन पनि आवाज उठाइएको छ । मानसरोवर लगायत अन्य धार्मिक पर्यटकीय स्थलमा आउने भारतीय तिर्थयात्रुहरु, व्यापरिक तथा अन्य यात्रुहरुलाई हवाई यातायात उपलब्ध गराउन तत्काल भारतका शहरहरुमा हवाई उडान गर्न आवश्यक व्यवस्थापनका लागि अनुरोध गरिएको उप मेयर थापामगरले जानकारी दिईन ।
    मुख्यमन्त्री पोख्रेलले ध्यानाकर्षण पत्र बुझ्दै आफुले सक्दो पहल गर्ने आश्वासन दिएका छन । उनले नेपालगन्ज विमानस्थलको स्तरोन्नती र विकासको लागि सदैब लागि पर्ने बताए ।
    सो अवसरमा नेपालगन्जका प्रतिष्ठित व्यक्तित्वहरु तथा लायन्स लिडर मधुसूदन शर्मा, सेम शाक्य, विजय कुमार गुप्ता, साबित्रा शर्मा, सरिता शाक्य, शशी स्वाँर, मिना ढकाललगायतको सहभागिता रहेको थियो

  • १६ चैत्र २०७४, शुक्रबार २१:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित