दुर्गा अचार्य
बर्दिया,चैत्र,१७। प्रदेशको राजधानी नहुदैमा कुनैपनि जिल्ला बिकाशबाट वन्चित नहुने प्रदेश नम्वर —५का मुख्य मन्त्री शंकर पोखरेलले वताएका छन्। राजधानी नहुदैमा बिकाशनै नहुने भन्ने मानसिकतालाई हटाउनु पर्नै मुख्यमन्त्री पोखरेलले वताए । राजधनीका बिषयमा वोल्दै पोखरेलले अस्थाई केन्द्र तोक्नेवेलामा ध्यान पुर्याउने नसकेकै कारण समस्या भएको वताए ।। प्रदेश राजधानीका लागि प्रदेश सभा लाई अधिकार भएतापनी दुईतीहाई बहुमत चाहिने भएकाले सवैको सहमतीलेने राजधानी कहाँवनाउने भन्ने निर्णय गर्नै उनले प्रष्ट्याएका छन् । जिल्ला समन्वय समिती बर्दियाको आयोजनामा बर्दियाका जनप्रतिनिधीहरु बिचको स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा मुख्य मन्त्री पोखरेल बर्दिया आएका हुन् । सकेसम्म सवैलाई पायक पर्नै स्थानमानै प्रदेश नम्वर —५को राजधानी वनाउनका लागि आफू प्रयत्नशील रहेको मन्त्री पोखरेलको भनाईछ । मन्त्री पोखरेलले देश एकात्मक राज्यबाट संघिय राज्यमा प्रवेश गरेको वताउदै संघियतालाई शासकिय स्वरुपमा ग्रहण गरिएको वताए । एकात्मक राज्यको मानसिकतामा संचलित परम्परागत प्रशासन यन्त्रलाई संघियतामा आधारीत प्रशासन यन्त्रमा परिवर्तन गर्र्नेकाम चुनौती पूर्ण भएपनी असम्भव नभएको उनले दावी गरेका छन् ।