नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका श्रमिक बालबालिकाहरुको परिवारहरुलाई आज एक कार्यक्रमका बिच सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १०, ११, १२, १६ र १७ नं. वडामा रहेका आर्थिक रुपमा बिपन्न श्रमिक परिवाको आयआर्जनमा सहजता ल्याउने उद्धेश्यले सो सहयोग हस्तान्तरण गरिएको हो । किराना ब्यवसाय संचालनको लागि ८ परिवारलाई सामाग्री हस्तान्तरण गरिएको छ । नेपालगन्जमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नं. १२ का बडा अध्यक्ष बुद्धिसागर सुबेदीले प्राप्त गरेको सहयोग सामाग्रीको सहि सदुपयोग गरि ब्यवसाय शुरु गर्न सबैमा अनुरोध गरे । उनले आर्थिक रुपमा बिपन्न परवारलाई गरिएको सहयोग आय आर्जनको महत्वपूर्ण माध्यम बन्ने बिश्वास ब्यक्त गरे । सहयोग प्राप्त गर्ने परिवारहरुले संचालन गर्ने ब्यवसायको वडाबाट समेत अनुगमन गर्ने उनको भनाइै थियो । हस्तान्तण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी, वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, वडा नं. ११ का वडा सचिब चन्द्र कुमार गोडीया र वडा नं. १७ का वडा सदस्य फिरोज बेहनाले वडामा सहयोग पाउने परिवारलाई सामाग्री हस्तान्तरण गरेका थिए । सहयोग सामाग्री प्राप्त गरेपछि बोल्दै वडा नं. १७ का स्माईल बागवानले खुसी ब्यक्त गरे । उनले प्राप्त सामाग्रीले दैनिक आयमा सहजता ल्याउने बताए । त्यसैगरी वडा नं. १२ का ओम बहादुर थापाले आर्थिक अभावमा केही सामान राखेर घुम्ती पसल संचालन गरिरहेको बताउदै सामाग्री पाउदा ब्यवसाय बढ्ने बताए । उनले ब्यवसायलाई निरन्तरता दिने र बालबालिकाहरुलाई बिद्यालय पठाउने प्रतिबद्धता गरे ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालीत बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रमको संचालन बासका उपनिर्देशक हेमराज भट्टले गरेका थिए । कार्यक्रम अन्तरगत बासले पाच ओटै वडाका ८ परिवारलाई किराना सामाग्री, ५ परिवारलाई बाख्रा, १ परिवारलाई कस्मेटीक र १ परिवारलाई सिलाई कटाई ब्यवसाय संचालन गर्न मेसिन प्रदान गर्नेछ । यस अघि सहयोग पाउने परिवारलाई एकदिने ब्यवसायीक परामर्श तथा उद्यमी तालिम दिएको थियो ।