आधारभुत बिद्यालय शाहपुर्वा डडुवा गाउँपालिका वार्ड न. ४ बाँकेले हामी सबैको ईच्छा अनिबार्य नि.शुल्क आधारभुत शिक्षा नाराका साथ बिद्यार्थी भर्ना,बिद्यालय स्वागत तथा बिद्यार्थी टिकाउ र सिकाउ उपलब्धीमा सुधार कार्यक्रम वडा स्तरीय पुर्व तयारी बैठक सम्पन्न गरेको छ ।
बैठकमा आधारभुत बिद्यालय शाहपुर्वाका प्रधानअध्यापक बद्रे आलम खाँ ले डडुवा गाउँपालिका भित्रका प्रत्येक वडामा रहेका बालबालिकाहरुलाई ज्ञानको ज्योति प्रदान गर्नका लागी प्रत्येक अभिभावकहरुको भुमिका हुने बताउदै बिद्यालयले शुरु गरेको हामी सबैको ईच्छा अनिबार्य नि.शुल्क आधारभुत शिक्षा नारालाई सफल गर्न सबै लाग्नु पर्ने बताए
कार्यक्रम आधारभुत बिद्यालय शाहपुर्वा व्यवस्थापन समितीका अध्यक्ष मिना गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डडुवा गाउँपालिका वार्ड न. ४का वडा अध्यक्ष सगिर खाँ,वडासचिव नन्द किशोर मिश्र,स्रोत व्यक्ति राम एकबाल मण्डल,शिक्षकहरु बल बहादुर ऐरी, जग्गादाताका छोरा बिजय कुमार गुप्ता बनकट्टी स्कुल व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र बिश्वकर्माले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए कार्यक्रम संचालन सफिक खाँले गरेका थिए ।