मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका समाजिक कार्यक्रता गोपालनाथ योगी संसद सचिवालयको सचिवमा सिफारिस
  • मार्गरेखा संवाददाता

  • प्रतिनिधीसभाको सचिवमा  बाँकेको खजूरा गाउँपालिका ४ एफगाउँका गोपालनाथ योगीको सिफारिस भएको छ । अमेरिकाको कोलम्ब्यिा बिश्वविद्यालयबाट कानूनमा स्नाकोत्तर गरेका योगी गैरसरकारी संस्था महासंघका पुर्ब केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत हुन् । योगीलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधीसभाको सचिव नियुक्तीका लागि राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गरेका हुन् ।

    करिब डेढ बर्षअघि पनि तत्कालिन सभामुख ओनसरी घर्तीले योगीलाई संसद सचिवालयको सचिवमा नियुक्तीका लागि सिफारिस गरेकी थिइन् ।  तर त्यसबेला एमाले र माओवादीबीचको तिक्ततापूर्ण सम्बन्ध भईरहदा योगीको नियुक्त हुन सकेको थिएन् । राष्ट्रपति कार्यालयले उनको सिफारिस फिर्ता पनि गरेन भने नियुक्ती पनि दिएन् । सभामुखको सिफारिस अनुसार छिट्टै नियुक्ती हुने र सपथग्रहण समेत हुने छ

  • २६ चैत्र २०७४, सोमबार १२:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित