मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिले १८ जना द्धन्द्धपीडित महिलालाई च्याउ खेती तालिम
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज चैत्र ३० गते – द्धन्द्धपीडित तथा एकल महिलालाई च्याउ खेती तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिको आयोजना तथा द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेको सहजीकरणमा नेपालगञ्जमा सञ्चालित सात दिने तालिम आज सकिएको छ । च्याउ खेती सिकाएर आयआजर्न वृद्धि गर्ने उद्येश्यले १८ वडाका १८ जना द्धन्द्ध पीडित तथा एकल महिलालाई तालिम दिइएको थियो । समापन समारोहमा नगर उपप्रमुख उमा थापामगरले तालिमले व्यवसायिक च्याउ खेतीमा मदत पु¥याउनुका साथै महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नु भयो । सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नगरउपप्रमुख थापामगरले च्याउखेतीको निरन्तरतासँगै यसको वजारीकरणलाई पनि विशेष ध्यान दिन आग्रह गर्नु भयो । द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा बीसीले च्याउखेतीलाई वडास्तरमा विस्तार गरि प्रभावकारी खेती गरिनुपर्नेमा जोड दिनु भयो । द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका कार्यबाहक अध्यक्ष गोमा थापाको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षक विन्दा खरेल, उपमहानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई, पत्रकार महासंघ बाँके उपाध्यक्ष रुपा गहतराज, सहभागी बाल कुमारी शाही लगायतले शुभकामना दिनु भएको थियो । पहिलो चरणमा वडा अधयक्षहरुलाई बोलाएर च्याउ खेतीको प्रभावकारिता र सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।
    ,

  • ३० चैत्र २०७४, शुक्रबार २०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित