नेपालगञ्ज, बैशाष ३– नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेर पनि विद्यालय जान नसकेका बालश्रमिकहरुलाई विद्यालय भर्ना गराउन अनेकन उपाय अपनाइएको छ । बालश्रमिक परिवारहरुको स्थलगत अनुगमन गरि तयार पारिएको तथ्याङकका आधारमा अहिले विद्यालय भर्ना अभियान स्वरुप परिवारलाई आयआर्जन, स्थलगत अनुगमन लगायत विभिन्न गतिवीधीलाई तीव्रता दिइएको छ ।
नेपालगन्जउपमहानगरपालिकाको आयोजना तथा रुसुफ नेपालको सहजिकरणमा सञ्चालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत आईतबार र सोमबार बालश्रमिक परिवारको स्थलगत अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा ७, ८, ९, १३, १४ र १५ का श्रमिक बालबालिकाको स्थलगत अनुगमन गर्दै विद्यालय भर्नाका लागि उत्पे्ररित गरिएको छ । बालबालिकालाई श्रमबाट छुटाएर विद्यालय भर्ना गराउन श्रमिक परिवारलाई आर्यआर्जनका कार्यक्रमका लागि यूनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामार्फत सहयोग गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको नेतृतवमा र सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोसीको नेतृत्वमा सोमबार स्थलगत अनुगमन गर्दै श्रमिक बालबालिकालाई बिद्यालय पठाउन अभिभावक लगायतलाई आहवान गरिएको छ । परिवारको आयस्तर वृद्धि गर्न पसल सञ्चालन, बाख्रा पालन, मेसीन खरिदमा प्रतिपरिवार १६ हजारका दरले सहयोग गरिएको रुसुफ नेपालका अध्यक्ष मुस्ताक अली राईले जानकारी दिनु भयो । यूनिसेफको सहयोगमा नगरका सय परिवारलाई बास, एकिकृत सामाजिक विकास केन्द्र, समपर्ण नेपाल संस्थामार्फत सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकाले जनाएको छ । अनुगमनपश्चात नगर उपप्रमुख उमा थापामगरले नगरमा कोही पनि कुनै पनि बहानामा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्येश्यका साथ अभियानलाई प्रभावकारी बनाइने बताउनु भयो ।