दुर्गा आचार्य
बर्दिया,बैशाख ५
प्रदेश सरकारका तर्फबाट किसानको संरक्षण गरि कृषिलाई आधुनिकि करण गर्नुको साथै प्राविधीक सहयोग वजार व्यवस्थापनका लागि प्रदेश सरकार लागि परेको प्रदेश नम्वर ५का भौतीक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले वताएका छन् । नेपाली युवालाई खाडीमा पठाई रेमिटान्सको भरमा मात्रै देशको बिकाश नहुने समेत उनले प्रष्ट्याएका छन् ।उद्योग धन्दा नफष्टाएमा समृद्ध नेपाल समेत नहुने उनले धारणा राखे । बर्दियाको गुलरिया—५ मा संचालीत कृष्णसार फलफूल प्रशोधन केन्द्रको वुधवार गुलरियामा उद्घाटनका क्रममा मन्त्री चौधरीले यस्तो वताएका हुन् । उद्योग स्थापनाले समग्र मुलुकको आर्थिक उन्नतिमा टेवा पु¥याउने र बेरोजगारी समस्याको अन्त्य हुन सघाउ पुग्ने चौधरकिो धारणा रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री चौधरीले ‘प्रदेश समृद्ध बनाउँन पनि यस्ता उद्योग संचालनमा ल्याउँन जरुरी रहेको वताए । कृषिलाई आधुनिकरण गरेर बेरोजगारी समस्याको हल गर्न प्रदेश सरकारले सार्वजनिक नीती तथा कार्यक्रममा औद्योगिककरणमा जोड दिएको समेत उनले जानकारी गराए ।स्थानीय किसानको जिविकोपार्जन सहयोग पुर्याउन साना तथा मझौला आयस्तर बृद्धि आयोजनाको उद्योगमा लगानी गरेको छ । ७२ लाख अनुदान स्वरुप सोउद्योग संचालनलाई साना तथा मझौला आयस्तर बृद्धि आयोजनाको उद्योगमा सहयोग गरेको निर्देशक गोर्कण अर्यालले जानकारी दिए
२०७१ साल देखि निर्माणधिन उद्योगमा वेल,केरा,आँप लगायतका पाँच वटा ब्रान्डका जुस प्रारम्भिक चरणमा उद्योगले उत्पादन गर्नेछ । जुस र कोपीला शुद्ध पिउने पानीको उत्पादन हुने उद्योगका संचालक अंमर खड्काले वताए ।उद्योगमा १ हजार ६४ जनालाई प्रत्यक्ष रोजगारी दिने उद्योगको लक्ष्य रहेको वताईएको छ । स्थानीय किसानले उत्पादन गरेका बस्तु नै कच्चा पदार्थको रुपमा प्रयोग गरिने संचालक खड्काले जानकारी दिए ।कृष्णसार फलफूल प्रशोधन केन्द्र,गुलरियाले करोड बढि लगानीमा जुस तथा पिउने पानीको उद्योग संचालन गरेको छ ।
स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखि जुस उत्पादन गर्ने लक्ष्य लिएको कृष्णसार फलफूल प्रशोधन केन्द्र,गुलरियाले जानकारी गराएको छ । ।जुस उद्योगमा प्रारम्भिक चरणको लगानी तीन करोड नाघेको केन्द्रले जानकारी गराएको छ ।