मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, र विपत व्यवस्थापनको मुख्य समस्या डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १९ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले विकासमा साझेदारका लागि विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग आज छलफल गरेको छ । विभिन्न विकासे साझेदारसंगको बैठकमा गाउँपालिकाका निति तथा कार्यक्रमसंग मेल खाने विषयमा साझेदारी गरि काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, र विपत व्यवस्थापनको मुख्य समस्या रहेकाले सो क्षेत्रमा आवश्यक पहलका लागि आग्रह गर्नुभयो ।
    उहाँले भन्नुभयो–डुडुवा बाढी प्रभावित क्षेत्र हो, यहा बर्षेनी समस्या आउछ, त्यसैले यस क्षेत्रमा विशेष सहयोग तथा समाधानका लागि दिर्घकालिन योजनाको आवश्यकता छ ।
    गाउँपालिकाले नमूनाको रुपमा शिक्षा, स्वास्थ्य र पशु स्वास्थ्यमा विशेष अभियानको शुरुवात गरेकाले यसलाई पुर्ण रुप दिन थुप्रै चुनौती भएको उहाँले बताउनुभयो । सो अभियानमा यहाँहरुको सहयोग र साथ पाएमा सफल हुने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
    सो अवसरमा सहभागि विभिन्न संस्थाका प्रमुख प्रतिनिधीले डुडुवामा आफुहरुले संचालन गरेका विभिन्न परियोजनाबारे जानकारी गराउदै गाउँपालिकाको निति तथा कार्यक्रमलाई आगामी वार्षिक कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता गरेका थिए ।
    उनीहरुले गाउँपालिकालाई चाहिने विषयगत विभिन्न प्राविधिक सहयोग तथा परामर्श समय समयमा उपलब्ध गराउने बताएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा वानौ, वडाध्यक्षहरु पटेश्वर कुर्मी, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल लगायतले बोल्नु भएको थियो ।
    बैठकमा वडासचिव देवीलाल चौलागाईले गाउँपालिकाको कार्यप्रगति, भावी कार्ययोजना, चुनौती र समस्याका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव मानबहादुर बोगटीले गर्नुभएको थियो ।
    अन्र्तराष्ट्रिय गैरसरकारी निकायहरु अहिले जिल्लामा बढी लगानी गरेकाले सम्वन्धित विषय र क्षेत्रमा गरिएको लगानीले फलदायी बन्न र गाउँपालिकामा रहेका विभिन्न समस्यालाई समाधानका लागि चाहिने सहयोगका लागि समन्वयात्मक बैठक गरिएको हो । कार्यक्रममा बाँकेमा रहेका करिब दुई दर्जन बढी अन्र्तराष्ट्रिय गैससका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

  • १९ बैशाख २०७५, बुधबार २०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित