मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

५ रंगको रगतबाट थाहा पाउनुस् महिनावारीमा स्वस्थ हुनुहुन्छ कि अस्वस्थ
  • मार्गरेखा संवाददाता

  • महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।

    सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ । स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले यस्ता संकेत गर्छ ।

    बाक्लो रगत तथा खैरो रंग –यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईकाको महिनावारि अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

    गाढा रातो रंग यो रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

    हल्का रातो रंग – यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

    कालो तथा गाढा रातो –कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । पिरियड्को दौरान यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह मागनुपर्छ ।

    गुलावी रंग –यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ

  • २१ बैशाख २०७५, शुक्रबार ११:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित