दुर्गा आचार्य
बर्दिया वैशाख २२ । प्रहरीले बर्दियाबाट सञ्चालनमा रहेको कृष्णसार यातायात ब्यवसायी संघका महासचिव र सचिवलाई पक्राउ गरेको छ । सरकारले सिण्डिकेट खारेज गर्न लागेको विरोधमा यातायात व्यवसायी संघले यातायात ठप्प पारेका छन् । मधुवन नगरपालिकाबाट महासचिव भुमिदत्त शर्मा र सचिव कोयल खड्कालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी जनक भट्टले वताए ।।
कृष्णसार यातायात व्यवसायी संघद्धावारा संचालीत यातायात शुक्रवार संचालन नगरेका कारण व्यवसायी तथा पदाधीकारी हरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मधुवनबाट जिल्ला प्रहरी कार्यालय गुलरियामा ल्याईको छ । यातायात ब्यवसायीले गरेको वन्दका कारण छोटो तथा लामो दुरीमा यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् ।