मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसमा विवादका बीच सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसमा विवादका बीच पदाधिकारी मनोनयन भएको छ ।

     

    पार्टी सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।

    तीनै नेता देउवा समूहका हुन् र प्रतिनिधिसभा चुनावमा हारेका नेता पदाधिकारी बनेका छन् । निधि धनु्षा ३, खड्का सुर्खेत १ र महत काठमाडौं ५ मा पराजित भएका हुन् ।

    पदाधिकारी मनोनयनका लागि विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । मुस्किलले १२/१३ मिनेटसम्म चलेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए । बैठकमा प्रकाशमान सिंह र महेश आचार्यले विरोध गरे ।

    तर, देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।

    पौडेल समूहले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै २ वर्षपछि गर्न नहुने तर्क गरेका थिए ।

    गर्नु नै पर्ने भए केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने आफूहरुको मत भएको नेता प्रदीप पौडेलले बताए ।

    पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए । अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए ।

  • २१ बैशाख २०७५, शुक्रबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित