दुर्गा आचार्य
बर्दिया,गुलरिया वैशाख २२ । प्रभु बैक गुलरिया शाखाले शनिवार रक्तदान कार्यक्रम गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु वैंक गुलरिया शाखा परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदानका क्रममा ५६ जनाले रक्तदान गरेको प्रभु वैंक गुलरिया शाखाका संचालक अधिकृत प्रमोदराज पोखरेलले वताए। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाको सहयोगमा रगत संकलन गरिएको हो । नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय संघसंस्था, युवाहरु लगायत विभिन्न कार्यालका कर्मचारीहरुले रक्त दान गरेका हुन् । आगामी दिनमा अझ धेरै रक्तसंकलनका लागि वैंकले सामाजिक उत्तरदायित्व पन पहल गर्नै उनको भनाई छ ।