बर्दिया,जेठ,६। बिद्यार्थीलाई वालश्रम तथा लागुऔषध सम्वन्धी सचेतना मूलक कार्यक्र गरिएको छ । गुलरिया नगरपालिकाका महाकवि देवकोटा माबि र राधाकृष्ण वगलामुखि माविका छात्र,छात्राहरुलाई वालश्रम तथा लागु औषधका बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । गुलरिया नगरपालिका वडा नम्वर —८को सहयोग र सहयोगी हातनेपाल गुलरियाको आयोजनामा कार्यक्रम गरिएको हो । दुवै बिद्यालयका कक्षा ८,९,१० का गरि ३० जनालाई बिद्यार्थीलाई वालश्रम तथा लागुऔषका वारेमा जानकारी गराईएको हो । पछिल्लो समय बर्दियामा पनि लागुऔषध प्रयोगकर्ता हरु बढ्दै गएको हँुदा यसका असर र कानून बारे बिद्यार्थीहरुले जानकारी पाउन जनचेतना कार्यक्रम गर्न जरुरी भएको वडा नम्वर —८का वडा अध्यक्ष धर्मैन्द्र बाँनीयाले वताए । वालवालिका हरुमा कुनै पनीकुरा छिटो सिक्न सक्ने क्षमता भएको हुँदा सधै राम्राकुरा मात्र सिकेर समाजमा राम्रो वन्नुपर्नै सुझाव सहयोगि हात नेपाल गुलरियाका उपाध्यक्ष कृष्ण प्रसाद बश्यालले दिएका छन् । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दिया तथा लागुऔषध व्यक्तिगत परामर्श कर्ता हिमांसु पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा वालश्रम ऐनका कुरा र लागुऔषध सेवन गरेमा स्वास्थ्य र समाजमा पर्नै असरको साथै कानुनी कुराहरुबारे जानकारी गराईएको थियो ।