मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिलाहरुलाई आत्मानिर्भर बनाउने सके मात्र समाजको बिकास हुने कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरी
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित विभिन्न रोजगारमुलक तालिमको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । यसक्रममा दक्ष सिलाई कटाई कारिगढ उत्पादन तालिमको अनुगमन गरिएको हो ।
    नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीसहितको टोलिले अनुगमन गरेको सो तालिममा कोहलपुर नगरपालिका भित्रका २३ जना महिला सहभागि रहेका छन् ।
    आर्थिक वर्ष २०७४÷०७५ मा नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक तथा सामाजिक विकास समिति अन्तर्गत कार्यक्रम सञ्चालन भइ रहेको छ ।
    नेपाल कपडा व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिकाको ४ लाख आर्थिक सहयोगमा तीन महिने दक्ष सिलाई कटाई कालिगढ उत्पादन तालिम सञ्चालन गरि रहेको हो ।
    त्यसैगरी गोरखनाथ टेनिङ्ग सेन्टर प्रालिको आयोजना र कोहलपुर नगरपालिकाको २ लाख आर्थिक सहयोगमा एक महिने सिलाई कटाई तालिमको अनुगमन गरिएको छ ।
    सो तलिाममा कोहलपुर नगरपालिकाका १५ वटै वडाले सिफारिस गरी पठाएका १५ जना महिलाई सहभागि गराइएको सञ्चालक मुध खड्काले बताईन् ।
    कोहलपुर नगरपालिकाले नगर भित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउका लागि सिलाई कटाई तालिमलाई जोड दिएको कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सञ्जुकुमारी चौधरीले बताईन् ।
    उनले महिलाहरुलाई आत्मानिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले यस्ता तालिम दिईरहेको र तालिमलाई प्रभावकारी र उपयोगि बनाउनका लागि निर्देशन समेत दिएका छिन् ।
    बेरोजगार महिललाई आत्मानिर्भर बनाउनका लागि कोहलपुर नगरपालिकाले विभिन्न कार्यक्रम समेटेकोले यसलाई सहि सदुपयोग गर्नुपर्ने कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दिलबहादुर परियारले बताए ।
    त्यस्तै बुधबारै कोहलपुर वडा नं. ९ को ३ सय ८६ मिटर लम्बाईको ग्राभेल सडक, वडा नं. १४ का अन्य साना साना सडकहरुको पनि अनुगमन गरिएको र योजना अनुगमन गर्दा मापदण्ड अनुसार नभएका सडकहरुलाई मापदण्ड अनुसार बनाउन तत्काल निर्देशन दिईएको संयोजक चौधरीले बताईन् ।
    कोहलपुर नगरपालिका आर्थिक वर्ष २०७४÷०७५ का सम्झौता भएका योजनाहरु मध्य ८० प्रतिशत योजनाहरु सम्पन्न भईसकेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • १० जेष्ठ २०७५, बिहीबार ११:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित