मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ दाङले दुई जना पत्रकारहरुलाई सम्मान गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपाल पत्रकार महासंघ दाङले दुई जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारकालागि २ जना पत्रकार प्रतिभाहरुहरुलाई छनोट गरेको हो । जसमा कृष्ण सेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य अजयदीप शर्मा र चिन्तामणी–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गरिने छ । उहाँहरुलाई जेठ १३ गते कृष्ण सेन ईच्छुक स्मृति दिवशको अवसवरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिने छ । पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन संयोजक तथा उपाध्यक्ष लीला शाह र सचिव भुपेन्द्र वली सदस्य रहेको प्रतिभा छनोट समितिको शुक्रवार बसेको बैठकले शर्मा र बस्नेतलाई सम्मान गर्ने निर्णय गरेको हो ।

  • ११ जेष्ठ २०७५, शुक्रबार १४:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित