नेपाली काँग्रेसका नेता एव पुर्वमहामन्त्री कृष्णा सिटौलाले बर्तमान सरकारले दुई तिहाईको दम्भले संबिधानको मुल सिद्धान्त बिपरीत जथाभाबि संबिधान सम्सोधन गर्ने प्रयास गरेको दिन देखिबाट बर्तमान सरकारको आयु समाप्त हुने बताएका छन ।
सो कुरा नेपाली काँग्रेस बाँकेले गणतन्त्र दिवसको उपल्क्षमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रता भेलामा बताएका हुन ।
नेता सिटौलाले एकतन्त्रीय जहाँनिया राणा र राजतन्त्र शासनको पतन गराउने नेपाली काँगेसले दुई तिहाईको दम्भ देखाएर जुनदिन देखि देश र जनता बिरुद्ध अगाडी बढेमा बर्तमान सरकारलाई समाप्त पार्न नेपाली काँग्रेसलाई कसैले रोक्न नसक्ने बताए ।
महामन्त्री सिटौला नेपाली काँग्रेस भित्र आन्तरिक जिवन बाँच्ने सक्ने, निति,बिचार र सिद्धान्तमा एकजुट भई युवा र पार्टीका पुराना पुस्तालाई जोडेर अगाडि बढेमात्र काँगेस बलियो हुने बताए ।
नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र बहादुर शाहिले नेपाली काँग्रेसका नेताहरुको चाकरी र एउटा नेतालाई गाली गरि नेता बन्ने प्रबृति दिन जाने बताउदै जनता र कार्यक्रता बिच गएर संगठन गर्ने मात्र नेता हुने समय आएको बताए ।
महामन्त्री शाहिले हत्यारालाई जेलमुक्त गराएर गणतन्त्र दिवस मनाउने सरकारको बिरुद्ध नेपाल तरुण दल देशभर जनतामा जागरुक ल्याउने बताउदै नौटकी राष्ट्रबादी सरकारको क्रियाकलाप केहिदिन हेर्ने नौटकी राष्ट्रबादी सरकारले जनता र राष्ट्र बिरोधी कार्य गरेमा देश जनताको पक्षमा चट्टान भएर उभिने बताए ।
नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाको सभापतित्वमा भएको कार्यक्रमा नेपाली काँग्रेस बाँकेका पुर्व सभापतिहरु युवराज शर्मा,सनत रेग्मी,कृणामान श्रेष्ठ,पुर्वसासदहरु कृष्णा सिह परियार बादशाा कुर्मी,मैकुलाल बाल्मीकि,मोहम्दी सिद्धिकी,कैलासनाथ गुप्ता,नेपाली काँँग्रेस बाँके जिल्ल सदस्य हेमन्त कर्मचाय,नेपाली काँग्रेस बाँके क्षेत्र न ३ का अध्यक्ष नक्की खाँ डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरी,नेपाल बिद्याथी संघ बाकेका अध्यक्ष पुर्ण आचार्यले नेपाली काँग्रेस भित्र क्यान्सरको रुपमा रहेको गुटउपगुट समाप्त भएको दिन देखि नेपाली काँग्रेस मुलकको एक नम्बर पार्टी हुने भएकोले केन्द्रिय नेताहरुले गुटउपगुट त्याग्नु पर्ने बताए ।