मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक संस्थाहरुले समुदायस्तरमा काम गर्दाखेरी स्थानीय तहसंग समन्वय गर्दा प्रभावकारी हुने नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज २५ जेठ । बाँकेका ५ वटा स्रोत विद्यालयहरु (अपांगता भएका विद्यार्थीहरुका लागि) लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाँकेको सरस्वती प्रावि आधारभुत, मंगलप्रसाद मावि, त्रिभुवन मावि, नेराप्रावि आधारभुत खजुरा, लगदहवा आधारभुत विद्यलायलाई सो सामाग्री वितरण गरिएको हो ।
    सेभ द चिल्ड्रेन, कोकाकोला फाउण्डेशन र इसिडब्लूको आर्थिक सहयोगमा बाँके यूनेस्को क्लबले बाढी प्रभावित बालबालिकाहरुका लागि सहयोग कार्यक्रम अन्र्तगत उक्त सामाग्री आज वितरण गरिएको हो ।
    उक्त विद्यालयहरुमा अध्ययन गर्ने अपाङता भएका बालबालिकाहरुको शैक्षिकस्तर सुनिश्चित गर्नका लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री, खेल सामाग्री, भान्सामा प्रयोग सामाग्री, लगायतको सामान वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले सो विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो ।
    सो कार्यक्रम बोल्दै उपमेयर थापा मगरले सामाजिक संस्थाहरुले समुदायस्तरमा काम गर्दाखेरी स्थानीय तहसंग समन्वय गर्दा राम्रो हुने भन्दै स्थानीय तहलाई थुप्रै अधिकार दिएकाले हामीलाई जानकारी गराएमा सो निकायहरुलाई अनुगमन तथा नियमनको कार्य प्रभावकारी हुने बताउनुभयो ।
    हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा बिकास समन्वय इकाईका प्रमुख गोर्खबहादुर थापा, सेभ द चिल्ड्रेनका इन्द्र विलास बराल, अपांङ महासंघका क्षेत्रीय संयोजक गोकर्ण आचार्यले शैक्षिक सामाग्रीले विद्यार्थीहरुको शैक्षिक स्तर उकास्नमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    रु ११ लाखको सहयोगमा स्रोत विद्यालयको भौतिक संरचना मर्मत सम्भार तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो । उहाका अनुसार शैक्षिक सामाग्री वितरणले विद्यालयमा शैक्षिक गुणस्तरियतामा बृद्धि भएको छ भने बालबालिकाहरुलाई अध्ययन गर्नमा सहयोग पुगेको अभिभावकले बताएका छन ।

     

     

  • २५ जेष्ठ २०७५, शुक्रबार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित