मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनावश्यक राजश्व लिएर स्थानीय तहले दुःख दियो नेपालगन्जका व्यापारीहरुको गुनासो
  • मार्गरेखा संवाददाता

  • अनावश्यक राजश्व लिएर स्थानीय तहले दुःख दिएको बाँकेका नीजि क्षेत्रले गुनासो गरेका छन् । उनीहरुले करमुखी स्थानीय तह नसच्चिने हो भने व्यापार व्यवसाय गर्नै मुस्किल हुने दिन आउन सक्ने दाबी गर्दै समस्या समाधानका लागि पहल गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
    आईतबार बिभिन्न बस्तुगत संगठनका अगुवाहरुले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व प्रवक्ता सञ्जय थापाले स्थानिय तहले करको भारी थप्ने काम मात्र गरेको बताउँदै भने,—‘थेग्नै नसक्ने गरी भारी बोकाउने काम भएको छ ।’
    थापाले करमा दोहोरो चरित्र देखा परेको र करको दायरा बढाउनुको सट आकार बढाउने काम भएको बताए । उनले व्यवसायिक कर अवैधानिक र यथार्थपरक नभएको बताए । यस्तै अर्का व्यवसायी ललित रौनियारले करको बर्गिकरण अवैज्ञानिक रहेको र जथाभावी तोक्ने काम भएको जिकिर गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले करको समस्याका बिषयमा स्थानीय तहलाई अझै बुझाउन बाँकी रहेको बताए ।

  • २७ जेष्ठ २०७५, आईतवार २०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित