मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला बढाउनुपर्ने नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगंज । नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले धान रोप्नु भएको छ ।
    बेलासपुर धान पकेट विकास सञ्चालक समितिले नेपालगञ्ज– १२ बेलासपुरले शुक्रबार बिहान असार १५ अर्थात धान दिवसका अवसरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रमुख राणाले धान रोप्नु भएको हो ।
    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बस्नेत, वडा नं. १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले धान रोप्नु भएको थियो ।
    उहाँले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयात घटाएर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’
    सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाको सहयोगमा महिलाहरुको हिलेदौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मनिषा यादव प्रथम, वर्षा यादव द्वीतिय र श्यामा यादव तृतीय हुनु भएको थियो । विजेतालाई क्रमशः ५ सय, ३ सय र दुई सय प्रदान गरिएको कृषि शाखा प्रमुख जीवन केसीले जानकारी दिनुभयो ।
    सञ्चालक समितिका अध्यक्ष परमात्मा वर्माको अध्यक्षतामा भएको कार्यक्रममा दही च्यूरासमेत खुवाइएको थियो ।

  • १५ असार २०७५, शुक्रबार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित