मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको बैजनाथ गाउँपालिकामा बाढीले बगाउँदा एकको मृत्यु एक बेपत्ता
  • मार्गरेखा संवाददाता

  • बाँकेको बैजनाथ गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनारको जेठी नालाको बाढीले बगाएर मृत्यु भएको छ ।
    सुनारको खोला तर्ने क्रममा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले बताए । सोहि गाउँपालिका–३ मा जेठीनालाको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आइतबार रातीदेखि सोमबारसम्म पनि अविरल परेको वर्षाले जेठीखोलामा बाढी आएपछि तर्ने क्रममा अन्दाजी ७० वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका हुन् । बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बेपत्ता व्यक्तिको खोजी भइरहेको बताए ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले डुडुवा खोला र राप्ती नदी आसपासका वासिन्दालाई उच्च सर्तकर्ता अपनाउन तथा अग्लो र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।
    दाङ, प्यूठानमा पनि बाँकेमा जस्तै वर्षा नभएकाले राप्ती नदी आसपासमा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

     

     

     

  • १८ असार २०७५, सोमबार १४:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित