नेपालगन्ज १९ असार, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा जिल्ला विपद् प्रतिकार्य समूह (डि.डि.आर.टी.) आपत्कालीन स्वास्थ्य तालिम आज नेपालगन्जमा सुरु भएको छ ।
बाढी र अन्य विपद्को पूर्वतयारी गर्ने क्रममा हव हस्पीटल कार्यक्रमको सहयोगमा ४ दिने जिल्ला विपद् प्रतिकार्य समूह अन्र्तगतको आपत्कालीन स्वास्थ्य (डि.डि.आर.टी.) तालिम संचालन भएको हो ।
तालिममा नेरेसो बाँके शाखा अन्र्तगत रहेका १४ उपशाखाका प्रतिनिधि, लेबल ए र बी तालिम प्राप्त रेडक्रस स्वयंसेवकहरुको सहभागिता रहेको छ । विपद् पछि स्वास्थ्य सम्बन्धी देखा पर्ने समस्यालाई न्यूनीकरण गर्नका लागि ती स्वयंसेवकहरु परिचालन हुने रेडक्रसले जनाएको छ ।
तालिमको शुभारम्भ सत्रमा नेपाल रेडक्रस सोसाइटीका का.बा.केन्द्रीय अध्यक्ष अजीतकुमार शर्मा, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कार्यालय प्रमुख निरञ्जना मल्ल, हब कार्यक्रमका क्षेत्रीय कार्यक्रम संयोजक हरिबन्ध अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन रामबहादुर चन्द, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड.कृष्ण प्रसाद अचार्य र हब कार्यालयका हेल्थ अफिसर शुशिला सापकोटाको उपस्थिति रहेको थियो भने उक्त तालिमको तालिम संयोजकमा मनोज थोकार, सहजकर्ताहरुमा मनोज नेपाली र शारदाकान्त अधिकारी रहनु भएको छ ।