मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई उद्धार
  • मार्गरेखा संवाददाता

  • बैकक  : थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा लगिएको छ ।

    किशोरहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा संलग्न समूहका एक सदस्यले जानकारी दिए ।

    थाइ सरकारले दिएको जानकारीमा ६ बालकको सकुशल उद्धार गरिएको छ । थाइल्यान्डको एउटा गुफामा थुनिएका १२ जना बालक र उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार बिहानैबाट सुरु भएको थियो । स्थानीय समयअनुसार बिहान १० बजे उद्धार कार्य सुरु भएको अधिकारीहरूले बताएका छन् । उनीहरू सबैलाई उपचारका लागि अस्पतालमा राखिएको छ ।

    उद्धार गरिएका किशोरहरूको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भएकाले यसो गर्नुपरेको अधिकारीले स्पष्ट पारेका छन् । सबैजनाको उद्धार भएपछि मात्र सबैको नाम सार्वजनिक गरिने थाई रक्षा मन्त्रालयले जानकारी दिएको छ।

    उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धार क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिएका छन् । उद्धार टोलीमा पाँचजना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताए ।

    उनीहरूलाई बाहिर निकाल्न करिब १ सय स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३ सय मीटर लामो रहेको उद्धारकार्यमा संलग्न एक सदस्यले बताए । गुफामा फसेका बालकहरू ११ देखि १६ वर्ष सम्मका छन् । उनीहरूका प्रशिक्षक २५ वर्षका छन् ।

    फसेका १२ बालक र उनीहरूका एकजना फुटबल प्रशिक्षकलाई एक–एक गरेर बाहिर निकालिएको हो । ठूलो संख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधि प्रयोग गरी चिम्नी निर्माण गरिएको हो । ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकाले उद्धारकर्ता सजिलै गुफाभित्र जान सम्भव भएको छ । यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरूको उद्धार गरिरहेको जानकारी दिएका छन् ।

    अधिकारीहरूले १३ जनालाई नै बाहिर निकाल्न दुईदेखि तीन दिनसम्म लाग्ने बताएका छन् । उनीहरू उद्धारका क्रममा आइपर्न सक्ने चुनौती सामना गर्न चिकित्सका टोल तैनाथ गरिएको छ । उनीहरू गत जुन २३ देखि गुफामा फसेका हुन् । नवौं दिनमा मात्रै उनीहरू भेटिएका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि एक हजारजना उद्धारकर्ता परिचालन गरिएको छ ।

  • २५ असार २०७५, सोमबार ०७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित