दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा बिरोध ¥याली समेत निकालिएको छ ।
नगरका बिभिन्न भागहरुको परिक्रमा गर्दै कोहलपुर चौराह पुगेको ¥याली कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सहभागी महिला नेतृहरुले हत्या जस्तो जघन्य अपराधमा संलग्नहरुलाई जन्मकैदको सजाय हुनुपर्ने माग समेत राखेका थिए । उनीहरुले हिंसाको प्रकृति अनुसारको कारबाही प्रक्रियामा थप कडाई गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कोहलपुर-५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले गत बुधबार आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा गन्दर्भको हत्या गरेका थिए ।