घोराही,२९असार / प्रदेश नम्बर पाँचका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी कसैको दवावमा नतोकिने बताएका छन् ।
रिपोटर्स क्लव दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा
मन्त्री केसीले बैज्ञानीक ढंगबाट नै स्थायी राजधानीको टुंगो लाग्ने भन्दै राँको नभई दिप बल्ने अवस्थाको सृजना गर्ने बताएका हुन् ।
प्रदेशसभा सदस्यहरुले उचित निर्णयका लागि आबस्यक गृहकार्यहरु गरिरहेको र बिबेकशिल ढंगबाट स्थायी राजधानी तोकिने भन्दै धैर्य गर्न नागरिकहरुलाई आग्रह गरे । सबै परिस्थितीहरुलाई सहज बनाउदै बिबाद रहित र साझा दायित्व रहने गरी राजधानीको टुंगो लाग्ने उनको भनाई छ । रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अब प्रदेशको विकास आबस्यकता र प्राथमिकीकरणमा आधारीत भएर अघि बढ्ने बताए । प्रदेशमा अब जग्गा नभएर खेति गर्न पाएन भन्ने अबस्थाको अन्त्य गर्न लिजमा जग्गा लिएर खेती गर्न चाहानेलाई सरकारले अनुदान दिने उल्लेख गरे ।
कानुन मन्त्री केसीले कुइरेपानी सर्रा दामोदर मार्गलाई कालोपत्रे गर्नका लागि १० करोड रुपैयाँ बिनियोजन गरेको समेत जानकारी दिए ।