बर्दिया,साउन,२। मुक्त कमैया तथा कम्लरिहरुको सरकारले अझैसम्म पनि पुनस्थापनाको गर्न नसकेको प्रदेश नम्वर ५का मुख्य मन्त्री शंकर पोखरेलले वताएका छन् । नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा बर्दियाद्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा बर्दियाको गुलरियामा प्रदेश न.५का मुख्यमन्त्री शंकर पोखरेलले सोकुरा वताएका हुन् । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी पालामा बधुवा श्रम प्रथाको पहिचान भएको भएतापनि यस्को व्यवस्थापनमा सरकारले अझैपनि पूर्णरुपमा गर्नसकेको धारणा मुख्यमन्त्री पोखरेलले पत्रकारकार सम्मेलनमा राखेका छन् । यसै समस्याको समाधानका बिषयमा स्वयं प्रदेश सरकारको हैसियतमा प्रदेश सरकारको टोली मुक्त कमैया दिवसको अवसरमा बर्दिया आएको मुख्यमन्त्री पोखरेलले वताएका छन् । मुक्त कमैयाको समस्या यस समूदायको मात्र सरोकारको बिषय नभई यस्मा राज्यको पनि सरोकार भएको एउटा नयाँ सन्देश दिई प्रदेशसरकारको अनुभुती दिलाउने उद्धेश्यका साथ आजको दिन बर्दियामा प्रदेश सरकारको उपस्तिथी रहेको मुख्यमन्त्री पोखरेलले खुलासा गरे ।