मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली जनताको टाउकोमा ऋणको भारी न बोकाए छिटो पानी जहाज र रेल ल्याउने सरकार आग्रह नेपाली काँग्रेस नेता डा. शेखर कोइराला
  • मार्गरेखा संवाददाता


  • बर्दिया,साउन,७।नेपालमा पानी जहाजर रेल ल्याउने कुरामा नेपाली काँग्रेस अहिलेको सरकारको लागी वाधक नभएको प्रतिपक्षीको भुमिका खेल्दैआएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको ३६ औं बीपी स्मृति दिवसको अवसरमा सोमवार गुलरियामा गरिएको बीपीको विचारसम्वन्धी गोष्ठीमा बोल्दै प्रमुख अतिथि कोइरालाले यस्तो वताएका हुन्. । पानी जहाज र रेल कुदाउने नाममा नेपाली जनताको टाउकोमा ऋणको भारी नबोकाउन उनले अहिलेको सरकारलाई सुझाव दिएका छन्। यसअघिको सरकारले गरेका निर्णयहरु खारेज गरी सत्तापक्षले अधिनायकवादी चरित्र प्रस्तुत गरेको उनको भनाइ छ । सरकारका मन्त्रीहरुले दिएका तल्लोस्तरका अभिब्यक्तिहरु आपत्तिजनक रहेको समेत केन्द्रीय सदस्य कोईरालले कार्यक्रममा वताएका छन् । यस्ता अभिव्यक्तिले सरकारको अधिनायकवाध चरित्र उजागर भएको उनले स्पष्ट पारेका छन्।
    संघीयता र संसदीय व्यवस्था भएको देशमा संघीय तथा प्रदेश सभाका सदस्यहरुसँग पार्टीको कार्यकर्ताको शैलीमा प्रधानमन्त्री प्रस्तुत हुन नसुहाउने समेत उनले बताएका छन् ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बहुमतको दम्भमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले अंकुश लगाउन खोजेको बताएका छन्

     

     

  • ७ श्रावण २०७५, सोमबार २१:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित