मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बेहाल दाङको तुलसीपुर – सुकौरा सडक
  • मार्गरेखा संवाददाता

  •  

    तुलसीपुर, श्रावण १६
    पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका भित्र स्मार्ट सिटिको चर्चा हरेक सार्बजनिक स्थान र चिया पसलहरुमा बहसको बिषय बनेको छ ।
    तर स्मार्ट सिटिको अबधारणालाई हरेक गाउले कच्ची सडक जसले छोटो दुरिमा उपमहानगर लाई जोडिरहेका छन उनिहरुको मर्मत र कालोपत्रे नहुदा तुलसिपुर बजार हिलाम्मे र फोहोर बनेको सहजै देख्न सकिन्छ । उपमहानगर बिस्तार सङै पछि गाभिएका गाउमा भने बिकासले कुनै ठाउहरुमा पनि गति लिन सकिरहेका छैनन । उपमहानगरपालिका भए पछि त झनै गाउको बिकाश हुन छाडिएको छ स्थानीय कमल वलिले भने ।
    दाङको प्रसिद्ध पर्यटकीय क्षेत्र मानिने दङ्गिशरण दरबार जो दस किलोमिटरको दुरिमा रहेको छ सो सडकखण्डमा अहिले सहजै स्थानीय हरु हिडडुल गर्न सक्ने अबश्थामा छैनन । न त सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छन । हामिले अटोमा यात्रा गरेर बजार सम्म किनमेल गर्न जान्थेउ तर अहिले सडक हिलाम्मे छ बिधार्थिहरु पनि स्कुल जान छोडिसकेका छन स्थानीय घनश्याम चौधरिले भनेका छन ।उनले आफुहरुले पटक पटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दा समेत सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीको गम्भीर ध्यानाकर्षण गराएका छन ।
    “सडकको यस्तो हरिबिजोग छ न त कुनै जनप्रतिनिधि हरुको ध्यान पुगेको छ न त यसक्षेत्रका सासद हरुको । बिरामिहुदा एम्बुलेन्स समेत आउन सक्ने अबस्था छैन न त कुनै घटना भयो भने प्रहरी नै स्थानीय नेपाली काङग्रेसका नेता टोपेन्द्र राज रेग्मीले भने “।
    तुलसिपुर सुकौरा सडक तीन किलोमिटर कालोपत्रे भैसकेको छ भने बाकि ७ किलोमिटर कालोपत्रे हुने क्रममा रहेको छ केही स्थानमा नालाहरु समेत निर्माण भैसकेका छन ।
    सडक बिस्तार र कालोपत्रेको काम सुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताए पछि स्थानीय हरु झनै चिन्तित बनेका छन ।
    ठेकेदारले उल्टै ठाउँ ठाउमा अबरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरिक्षण गरि ठेकेदारलाई कार्बा्हि गर्न स्थानिय प्रशासन सङग माग समेत गरेका छन । सडक कालोपत्रेका लागि टेन्डर भैसकेको अबस्थामा लामो समय सम्मपनि काम सुरु नहुनु दुखद भएको भन्दै स्थानीय हरुले आक्रोश पोखेका छन ।
    झण्डै सात किलोमिटर सडक कालोपत्रे गर्न प्यासिफिक बिल्डर्स काठमाडौंले ६ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले जानकारी दिएका छन ।
    उनका अनुसार २०७५ फागुन सम्म काम सम्पन्न गरिसक्नुपर्ने छ । तर हाल सम्म सो सडक खण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
    पुर्व सासद बुद्धिराम भण्डारीको पहलमा निर्माण हुन लागेको सो सडकखण्डमा ठाउँ ठाउमा खाल्डाखुल्डी परेका छन भने स्थानीय किसानहरुलाई समेत दैनिक तुलसिपुर आउन जान निकै कष्ट ब्यहोर्नु परेको छ ।

  • १६ श्रावण २०७५, बुधबार १३:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित