मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल यु-१९ टोलीले भारतमा एकदिवसीय सिरिज खेल्न
  • मार्गरेखा संवाददाता

  •  

    २२ साउन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ ।

    कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ ।

    प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘बीसीसीआईबाट प्रतियोगिताका लागि भनेर निम्तो आएको छ । हामी के गर्ने भन्ने छलफलमा छौं’ उनले भने, ‘धेरै समयदेखि टोली प्रशिक्षणमा छैन, यसैले छोटो समयमा कसरी सबै कुरा मिलाउने भनेर कुरा हुँदैछ । एक/दुई दिनमा सबै कुरा प्रष्ट हुन्छ ।’

    यू-१९ का केही सदस्य राष्ट्रिय टोलीमा पनि छन् र हालै मात्र नेदरल्याण्ड्स टुरबाट फर्किएका छन् ।

    लगतै एसिया कपको छनोटका लागि बन्द प्रशिक्षण सुरु हुनेछ । त्यसैले राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई यू-१९ मा नराख्ने सोच बनाएको र खेलाडी छनोट के आधारमा गर्ने भन्ने छलफल भइरहेको प्रशिक्षक दासले बताए ।

    नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भए पनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।

    यस्तो छ तालिका

    सेप्टेम्बर १२ – इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान

    सेप्टेम्बर १२ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल

    सेप्टेम्बर १४ – इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल

    सेप्टेम्बर १४ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तान

    सेप्टेम्बर १६ – इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए

    सेप्टेम्बर १६ – जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल

    सेप्टेम्बर १८ – इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल

    सेप्टेम्बर १८ – जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ

    भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्ने गर्छ । यसपटकको सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमा लिएको छ ।

    आगामी अक्टोबरमा बंगलादेशमा हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल, भारत, हङकङ, बंगलादेश, पाकिस्तान, श्रीलंका, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन् ।

  • २२ श्रावण २०७५, मंगलवार १३:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित