डुडुवा बाँके, २३ साउन । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को तेस्रो चौमासिक अन्र्तगत चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निमार्ण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा मंगलबारदेखि भत्ता वितरण शुरु गरिएको छ ।
गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ । जेष्ठ नागरिक, अन्य एकल महिला, अपांगता भएका व्यक्ति, दलित गरि ३ हजार १ सय जना र ५ वर्ष मुनिका दुई हजार ९ सय दलित बालबालिकालाई उक्त भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
आज बुधबारसम्म करिब ५० प्रतिशत रकम वितरण गरि सकिएको र बाँकीलाई दुई–तीन दिनभित्र सबैलाई वितरण गरिने जनाइएको छ । ७० वर्ष पुगेका बृद्धलाई औषधी उपचारसहित रु दुई हजार र अन्य अन्र्तगत ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आइएको छ ।