मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुर उपमहानगरको बृहत्त बिकाशका लागी ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल समक्ष कार्ययोजना प्रस्तुत
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर, साउन २३ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई भेटेर तुलसीपुरको विकासका वारेमा कुरा राखेका छन् । भेटका क्रममा नगरप्रमुख पाण्डेले नेपाल संस्कृत विश्वविद्यालयलाई गुरुकुल आश्रमका साथै वैदिक केन्द्रका रुपमा विकास गर्नका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले सँस्कृत विश्वविद्यालयको खाली जग्गालाई गौशालाका रुपमा विकास गर्ने प्रस्ताव समेत गरेका थिए । उनले तुलसीपुरमा निर्माण हुन लागेको तरकारी तथा फलफुल वजार,मिट मार्ट,आधुनिक वधशाला, वसपार्क, विभिन्न पार्क लगायतका लागि आर्थिक र प्राविधिक सहयोग गर्नका लागि आग्रह गरेका थिए ।
    सो अवसरमा मुख्यमन्त्री पोख्रेलले तुलसीपुरको विकासका लागि आफु प्रतिवद्ध रहेको वताउँदै प्रदेश सरकारका तर्फबाट कुनै पनि कमी नहुने वताएका थिए । ‘प्रदेश सरकारले आवश्यक वजेटका लागि कुनै पनि कन्ज्युस्याई गर्ने छैन ’ मुख्यमन्त्री पोख्रेलले भने । उनले तुलसीपुरलाई संस्कृत विश्वविद्यालयलाई आयुर्वेदको हवका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको समेत वताएको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् । सो अवसरमा उपप्रमुख माया शर्मा र नेकपाका नेता शोभाराम वस्नेतको पनि सहभागिता रहेको थियो ।

     

  • २३ श्रावण २०७५, बुधबार २२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित