मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एसिया क्रिकेट कप छनोटका लागि प्रारम्भिक १९ सदस्यीय टिम घोषणा,
  • मार्गरेखा संवाददाता

  • नेपालले एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ ।  राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

    टिममा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर परेका छैनन् । उनको दाहिने हातमा चोट लागेका कारण उनी टिमबाट बाहिरिएको बताइएको छ ।

    नेपाली टिमको बन्द प्रशिक्षण साउन २९ बाट सुरु हुनेछ भने त्यसपिछ १५ सदस्यीय टिमको घोषणा गरिनेछ । आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

    छनोट प्रतियोगितामा ६ वटा टिम युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । ६ वटा टिममध्ये नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

    प्रारम्भिक टिम 

    पारस खड्का (कप्तान)
    अनिलकुमार साह
    बसन्त रेग्मी
    विनोद भण्डारी
    दीपेन्द्रसिंह ऐरी
    ज्ञानेन्द्र मल्ल
    करण केसी
    किशोर महतो
    ललित भण्डारी
    ललितनारायण राजवंशी
    मोहमद आरिफ शेख
    प्रदीप ऐरी
    रोहितकुमार पौडेल
    सोमपाल कामी
    सागर पुन
    सन्दीप लामिछाने
    सुवास खकुरेल
    सुनील धमला
    सुसन भारी

  • २४ श्रावण २०७५, बिहीबार १६:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित