अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूूनियन (क्रान्तिकारी) ले विज्ञप्तीमार्फत सच्चा कम्युुनिष्ट र राष्ट्रवादीहरुलाई सिध्याउँछुु भन्नुु सरकारको दिवा सपना भएको जनाएका छन् । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित तीन जनालाई साउन २२ गते गरेको गिरफ्तारीप्रति घोर विरोध एवं भत्र्सना गर्दै यस्तो बताएको हो ।
नेताहरुको गिफ्तारीले सच्चा कम्युनिष्ट, लाखौं देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी जनतालाई थप आक्रोशित बनाएको स्वतन्त्र विद्यार्थी यूूनियन (क्रान्तिकारी) ले विज्ञप्तीमा जनाएका छन् । विद्यार्थी यूूनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा केपी शर्मा ओली र प्रचण्ड सरकारद्धारा गिरफ्तार गरिएका ‘प्रकाण्ड’सहित तीन जनालाई विना शर्त रिहाईको माग गरिएको छ । भ्रष्ट सरकारले सबैलाई भ्रष्ट देखेको भन्दै गिरफ्तारीमा परेका पार्टीका नेताहरुलाई यथाशिघ्र रिहाइ गर्न माग गरिएको छ ।
नेपालको कम्युनिष्ट आदोलन, विचार, राष्ट्र र जनताको हितलाई साम्रज्यवादीहरुको पाउमा लगेर सुुम्पदैमा नेपाल र नेपाली जनताको राष्ट्रिय स्वधिनता र वैज्ञानिक समाजवादी आन्दोलनको राँको ननिभ्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
झुुठो समाजवाद र कथित सम्बृद्धिको विज्ञापनले सत्ताको स्वार्थ अब धेरै लामो समय नटिक्ने पनि स्वतन्त्र विद्यार्थी यूूनियन (क्रान्तिकारी) ले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
३८ क्विन्टल सुन तस्करीको विषयमा ओली, प्रचण्ड र उच्च तहका कर्मचारीदेखि प्रहरी संगठनको मिलेमतो रहेको, ४३ अर्ब ठगी गर्ने एनसेललाई अरबौं खाएर राजस्व छुुट दिने काम ओली, प्रचण्डकै मिलेमतोमा भएको आरोप पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारले यथाशिघ्र गिरफ्तारमा परेका नेताहरुलाई रिहाइ नगरे सडकमा उत्रने चेतावनी स्वतन्त्र विद्यार्थी यूूनियन (क्रान्तिकारी)ले दिएको छ । चरणबद्ध रुपमा सरकारबिरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले साउन २९ गते नेपाल बन्दको घोषणा पनि गरिसकेको छ ।
यस्तो छ विज्ञप्तीको पूूर्णपाठः