मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रमका लागी नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख थापा मगर अमेरिका प्रस्थान
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, साउन २५ गते– नेपालगंज उप महानगरपालिकाकी उप प्रमुख उमा थापा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाद्धारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख थापा आज अपरान्ह जेट एअरवेजमार्फत अमेरिका तर्फ प्रस्थान गर्नुभएको हो । उपप्रमुख थापासँगै नेपालबाट बागलुङ गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, डडेल्धुरा अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता कुमारी भण्डारी पनि जानु भएको छ । २० दिनसम्म सञ्चालन हुने कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा स्थानीय तहको संरचना, कामको प्रक्रिया र अनुभव सिकाई ग्रहण गरिने बताइएको छ । सो अवधीमा सहभागी महिला नेतृलाई लोकतन्त्रको संस्थागत विकास, संघीय संरचनामा महिला सहभागिता र नेतृत्वका माध्यमबाट ल्याउन सकिने परिवर्तनका विषयमा दिक्षीत गरिने छ । विशेषगरि स्थानीय तहको न्याय प्रक्रिया, शिक्षा, स्वास्थ्य जस्ता विषयको सेवा प्रवाह र पारदर्शीता तथा जवाफदेहिताका विषयमा केन्द्रित जानकारी दिइनुका साथै सो को अवलम्वन बारे अवलोकन गराइनेछ ।

     

  • २५ श्रावण २०७५, शुक्रबार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित