बर्दिया,साउन,३१। पछिल्लो समय बर्दिया प्रशासनले बजार अनुगमनलाई तिव्रता दिएको छ।यसै क्रममा बर्दियाको गुलरियामा पानी उत्पादन तथा बिक्रि गर्दै आईरहेको कृष्ण ड्रिकिङ्ग वाटर एण्ड बेभ्रेज उद्योगमा बुधबार शिलवन्दि गरेको छ। यस कम्पनी बाट उत्पादित अक्वा नेक्टर ब्रान्डको पानीको परिमाणमा कमि र बोतलको तैल तोकिएको मापदण्ड नभएको भन्दै परिक्षण प्रतिबेदनका आधारमा सिल गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहाुर कुरुङ्गवाङ्गले वताए ।
उद्योग लाई कालो बजार तथा केहि सामाजिक अपराध तथा सजाए ऐन २०३२ बमोजिम प्रकृया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सुचना अधिकारी महेन्द्रजंग शाहीले बताए ।
त्यस्तै बाकेको सितापुर १ स्थित खड्का उद्योग प्रलिबाट मम ब्रान्डको बोतलको तैल तोकिएको मापदण्ड नभएको भन्दै परिक्षण प्रतिबेदनका आधारमा सो उद्योगलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यलय बाकेंलाई पत्रचार समेत गरिएको प्रशासनले जनाएको छ ।
सयुक्त बजार अनुगमन टोलीले साउन २४गतेबजार अनुगमनको क्रममा ६वटा कम्पनी बाट उत्पादित पानीका बोटल नमुना परिक्षण कालागी गुणस्तर तथा नापतौल बिभागमा पठाएको थियो ।