बर्दिया,साउन,३१। प्रहरीले लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा बर्दियाका दुई स्थानबाट ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्वर— ७,चौगुर्जीबाट ३ जना, वडा नम्वर— ४बाट ४ जना गरी ७ जनालाई पक्राउ गरेको हो । पक्राउ भएकाहरुसंग आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरीकार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले वताए । त्यसै गरि बढैयाताल गाँउपालिका २ फुटाहाबाट भारतबाट अवैध रुपमा ल्याईएका २०० केजी कुखुरा सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ गरिएका कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय गुलरियामा पठाईएको प्रहरीले जनाएको छ ।