नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ( आधिकारिक ट्रेड युनियन ), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र परिसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उक्त रक्तदान भएको हो।
उक्त रक्तदानमा विद्युत कर्मचारी,विद्युत उपभोक्ता,तरुण दल,विद्यार्थी संघ,ट्रेड युनियनकर्मी,विभिन्न संघसस्थालगायत वर्गको सहभागिता रहेको थियो।
रक्तदानको कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले विद्युत प्राधिकरण यतिबेला प्रगतिको पथमा रहेको उल्लेख गर्दै थप व्यवस्थित सेवा सुविधा प्रवाहमा ढुक्क हुन विद्युत उपभोक्ताहरुमा आग्रह गर्नुभयो।उहाँले त्यसका लागि स्वयम् कर्मचारी थप दत्तचित्त भएर जुट्न र थप सुधार हुन आफैंमा आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा नेपाली काँग्रेस, क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, नेका महासमिति सदस्यद्वय भानुभक्त भट्टराई , ने.वि.प्रा. कोहलपुर वितरण केन्द्रका निमित्त प्रमुख इन्द्रकान्त मिश्र, कर्मचारी संघका म.प.क्षेत्रीय अध्यक्ष दुर्गाप्रसाद जैसी,ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य वीरेन्द्रकुमार शाह, नेपाली काँग्रेस नेपालगन्ज नगर समिती उपसभापति धनराज वर्मा,कोहलपुर वडा नं.१० का वडा अध्यक्ष निमबहादुर चलाउने,नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष लक्ष्मीराज जोशी,ने वि.प्रा. नेपाल राष्ट्रिय कर्मचारी संगठन ( संयुक्त ) कोहलपुर इकाइ अध्यक्ष सुदिप गौतम लगायतको उपस्तिथि रहेको थियो।
कर्मचारी संघ इकाई अध्यक्ष राजेन्द्रकुमार थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाइ इकाइ सदस्य भाइराजा श्रीवास्तवले स्वागत गरेको कार्यक्रमको संचालन इकाइ सचिव यामबहादुर बोहराले गर्नुभएको थियो।