दुर्गा आचार्य
बर्दिया,भदौ २
बर्दिया राष्ट्रिय निकुञ्जबाट गस्तीतथा पोष्टका समान पुर्याउन गएको डुंगा बबई नदीमा पल्टिँदा एकजना निकुञ्जका गेम स्काउट कर्मचारी बेपत्ता भएका छन् ।राष्ट्रिय निकुञ्ज भित्रको बबई नदीको मुलघाट चेपाङ्ग नजिक रबरबोटको डुङ्गा पल्टिँदा निकुञ्जका गेमस्काउट भोला यादव बेपत्ता भएको बर्दियाराष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक भण्डारीले वताए ।रबरबोट नदीमा पल्टिएपछि गेमस्काउट कर्मचारी यादव बेपत्ता भएको र अरु ६ जना भने पौडी खेलेर सकुशल नदी बाहिर निस्किएको निकुञ्जले जनाएको छ ।बेपत्ता यादवको खोजीका लागि गोताखोरसहित प्रहरी खटाइएको निकुञ्जले जानकारी गराएको छ । वोटमा सवैजना निकुञ्ज कर्मचारी हरु रहेको जनाईएको छ ।