मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रजातान्त्रिक राष्ट्रिय यातायात सघ दाङ को जिल्ला अध्यक्षमा कृष्णराज पाण्डे निर्बािचत ।
  • मार्गरेखा संवाददाता


  • दाङ ,भदौ २
    नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात ब्यबसायि सङघ दाङ जिल्लाको सभापतिमा कृष्णराज पाण्डे निर्वा्चित हुनुभएको हो । आज दाङको तुलसिपुरमा भएको ब्यबसायिहरुको विशेष भेलाले पाण्डेलाई निर्बिरोध निर्वा्चित गरेको हो ।
    अञ्चल सयोजक यमकान्त भण्डारीको अध्यक्षता एव नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात ब्यबसायि सङघका केन्द्रीय महासचिव सुरेश हमालको प्रमुख आतिथ्यतामा भएको भेलाबाट शिव पुरी र भरतमणि शर्मालाई उपसभापतिमा चयन गरिएको छ ।
    त्यसैगरि उमेश चन्द्र मजगैया महा सचिवमा ,निमकुमार श्रेष्ठ सचिव,घनश्याम बस्नेत कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभयको छ ।
    सङघको सदस्यहरुमा बिरेन्द्र केसि ,सुमन पुन,जितबहादुर खड्का ,बिराज डागि,मुकुन्द शर्मा,मानबहादुर डागि,र अब्दुल हमिद खान सर्बसम्मत चयन हुनुभएको छ ।
    त्यसै गरि आज बसेको सङघको बैठकले ज्ञानबहादुर बस्नेत ,पवन बुढाथोकी ,दोर्ण देबकोटा,भरतनाथ योगि,रबिन्द्र शाहीलाई सल्लाहकारमा चयन गरेको छ ।
    कार्यक्रममा बोल्ने बक्ताहरुले प्रजातान्त्रिक यातायात ब्यबसायि सङघले जिल्लामा रहेका यातायात ब्यबसायिहरुलाई एकीकृत गर्दै स्तरिय सेवा प्रदान गर्न भुमिका खेल्ने बताएका छन ।
    उनिहरुले जिल्लामा निर्माणाधीन अबस्थामा रहेका पुल तथा सडकहरुको तत्काल मर्मत र काम सम्पन्न गर्न तर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।
    उनिहरुले जिल्लामा सडकको अबस्था निकै अस्तब्यस्त भएको भन्दै स्थानीय तहहरुको ध्यानाकर्षण समेत गराएका छन ।

  • २ भाद्र २०७५, शनिबार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित