मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा ६० किलो चरेस सहित दुई जना महिला सहित ५ जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • दाङमा प्रहरीले ठूलो मात्रामा लागु औषध चरेस सहित दुई जना महिला सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आइतबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी ६० किलो चरेस सहित पक्राउ गरेका ५ जनालाई सार्वजनिक गरेको हो ।

    लमही नगरपालिका ९ अमेलियामा लागु औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरी छापामार्दा ६० किलो चरेस सहित ५ जनालाई पक्राउ गर्न सफल भएको बताएको छ ।

    प्रहरीले रुकुम मुसीकोट नगरपालिका ११ का ४५ बर्षिय प्रेमबहादुर घर्ती, सल्यान दार्माकोट गाउँपालिका ५ का ३५ बर्षिय डिल्लीराज चन्द, रुकुम पुथाउत्तरगंगा १ काल्दुङ घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्दै आएकी ३० बर्षिया रुपा घर्तीपुन, रुकुम भुमेगाउँपालिका २ बस्ने २७ बर्षिया सपना पुनमगर र धु्रबजंग बुढालाई आज ६० किलो चरेस सहित सार्वजनिक गरेको हो ।

    रुकुमका प्रेमबहादुर घर्ती र सल्यानका डिल्लीराज चन्दलाई शंकास्पद अबस्थामा पक्राउ गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट थप व्यक्तिहरुलाई बिभिन्न स्थानबाट पक्राउ र चरेस बरामद गर्न सफल भएको दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए ।

    पक्राउ परेकाहरुलाई लागु औषध चरेश मुद्धा शिर्षकमा म्याद थप गरेर कार्वाही प्रकृया सुरु गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुले रुकुमबाट चरेस ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

  • ३ भाद्र २०७५, आईतवार १८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित